
बझाङ । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । मन्त्री पृथ्वीबहादुर सिंह चढेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google