काभ्रे । काभ्रेको पनौतिमा रोकिराखेको बोलेरो गाडीमा स्कुटर ठोक्किँदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा अर्का किशोर घाइते भएका छन् । मंगलबार राति पनौती नगरपालिका १० दाहालटारस्थित सडकमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किँदा सोही ठाउँमा १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटरको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका किशोरको धुलिखेल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google