काभ्रेको रोशीमा भ्याकुरे खोलाले बगाएर २ जनाको मृत्यु

दर्पण दैनिक २४ असार २०८१,०६:४७
post

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार साँझ ७ बजेको समयमा उक्त खोला तर्ने क्रममा सोही ठाउँका ६५ वर्षीय जालमाया रुवाल मगर र अन्दाजी ५ वर्षकी सोतिमाया रुजाल मगरको मृत्यु भएको हो । 

उनीहरूको शव ९ सय मिट तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा टोली खटिएको छ ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्र डुबानमा पर्न थालेका छन् ।  काठमाडौँ उपत्यका लगायत देशका विभिन्न नदीमा पानीको सतह बढेको छ। प्रशासनले सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: