नौकुण्ड गाउँपालिकामा डिजिटल हाजिरी राख्न र कर्मचारीको मनोमानी रोक्न न्यौपानेको माग

दर्पण दैनिक १२ श्रावण २०८०,१५:३५
post

रसुवा । समाजसेवी युवा बिष्णुप्रसाद न्यौपानेले नौकुण्ड गाउँपालिकाको कार्यालयमा डिजिटल हाजिरी राख्न माग गरेका गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रसाशकीय प्रमुखलाई सम्बोधन गरेर स्टाटस लेख्दै न्योपानेले गाउँ कार्यपालिकाको कार्यालयमा डिजिटल हाजिरी राख्न अनुरोध गरेका हुन् । 

न्यौपानेले भनेका छन्, ‘कर्मचारी हाजिरी डिजिटल बनाएर जनता माझ  बुझ्ने गरि  देखाइदिन  र कर्मचारीलाई नियमित समयमै कार्यालयमा उपस्तिथि गराईदिन अनुरोध गर्दछु ।’

पालिका भित्रका कर्मचारी कार्यलय समयमा उपस्थिति नभएको गुनासो आइरहेको भन्दै न्यौपानेले २०७९ साउन ०१ देखि २०८० साउन ०१ सम्म  कुन कुन कर्मचारीले कति टि ओ भरेर कति कति भत्ता लिए ? को कति विदामा बसे ? कति दिन कार्यालयमा उपस्थित भए भन्ने जानकारी आम नागरकिलाई दिन अनुरोध गरेका छन् । 

उनले कतिपय कर्मचारी एकवर्षमा कार्यालय नै नगई ४ महिना भन्दा बढी  टिओ र अन्य  बिदा भत्तासहितको तलब स्वीकृत भएको भन्ने गुनासो के हो ? यथार्थताको जानकारी दिन अनुरोध गरेका छन् । उनले यस्तो विकृति कहिलेसम्म राख्ने भन्दै प्रशन गरेका छन् । 

साथै न्यौपानेले सम्पूर्ण कर्म्चारीले कार्यलय समयमा सँधै उपस्थित भई गरीब जनताको सेवा गर्नु पर्ने बताए । उनले काम नै नगरी राज्यको सम्पत्ति दोहन गर्न नपाउने बताए । उनले भने, ‘अब विगतमा जस्तो चल्दैन्, जनताले गुनासो गर्न र एक एक हिसाब खोज्ने भइसकेका छन् ।’ 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: