सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रासरुट अभियान

खगेन्द्र हमाल १० फाल्गुन २०७९,१९:४४
post

सुर्खेत । जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा नेकपा एमालेको केन्द्रीय पार्टी नेतृत्वले सर्कुलर गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत आज पालिका कमिटीको बैठक बसेको छ । बैठकले केन्द्रीय प्रतिनिधि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाहको उपस्थितिमा पालिका कमिटीको बैठकबसी मिसन ग्रासरुट अभियानको सन्दर्भमा विभिन्न कार्ययोजना निर्माण गरेको छ ।

पालिका कमिटीको वैठकले फागुन १५ गतेसम्म सबै वडा कमिटीको बैठक सम्पन्न गर्ने, फागुन १६ देखि २३ गतेसम्म सबै टोली कमिटी गठन, पुर्नगठन र बैठक गर्ने बारेमा निर्णय गरेको छ । फागुन २४ गते सबै जनवर्गिय संगठनको संयुक्त भेला गरि फागुन २५ देखि ३० गते सम्म पुनः वडा कमिटी बैठक तथा भेला गर्ने निर्णय भएको एमाले चिङ्गाडले जनाएको छ ।

चिङ्गाड २ ढाँरखेतमा पालिका कमिटी अध्यक्ष लोकबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा मिसन ग्रासरुट अभियानका चिंगाड र लेकबेशी संयोजक पोलिट ब्यूरो सदस्य गुलवजंग शाह, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।

अभियानमा केन्द्रले खटाएका प्रतिनिधि र प्रदेशले खटाएका प्रतिनिधिसमेत उपस्थित हुने भएकाले सम्बन्धित पालिकाका जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, प्रदेश निर्वाचन क्षेत्र कमिटी सदस्य, गाउँ कमिटी सदस्यहरु उपस्थित हुँदा यसले एउटा आम पार्टी कार्यकर्ता शुभचिन्तक तथा जनस्तरसम्म राम्रो सन्देश दिने  बैठकले ठहर गरेको छ।

कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाहले स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्नुपर्ने बताए । शाहले पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने बताए । ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुर्याउने भएकाले सबैको सक्रिय सहभागिता हुनुपर्नेमा शाहले जोड दिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: