बाग्मतीमा वडालाई अतिकम बजेट दिइएको भन्दै एमालेको तीव्र असन्तुष्टि

सन्तोष दहाल ११ असार २०८०,१७:४३

७ वडा रहेको बाग्मतीले वडालाई ३० लाख बजेट दिएको छ

post

सन्तोष दहाल, ललितपुर । दक्षिण ललितपुरको बाग्मती गाउँपालिकाले ४८ करोड ४० लाख बजेट ल्याएर पनि वडालाई कम बजेट दिइएको भन्दै नेकपा एमालेले असतुष्टि जनाएको छ । 

आईतबारको १२ औँ गाउँसभामा गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै वडा नं ७ का वडा अध्यक्ष होमप्रसाद बजगाईँले आगामी आर्थिक वर्षको बजेटले पनि विगतको जस्तै पीडा दिएको बताए  ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष भक्त  बहादुर दर्लामीले प्रस्तुत गरेको वार्षिक बजेट अनुसार प्रत्येक वडालाई ३०/ ३० लाख बजेट दिईएको छ । छिमेकी गाउँपालिकाहरुले वडालाइ बढी बजेट र अधिकार दिईरहँदा बाग्मतीले भने बजेट र अधिकारबाट वडालाई खुम्च्याएको भन्दै विरोध गरेका हुन् ।

छिमेकी महाङ्काल गाउँपालिकाले वडालाई ८० लाख बजेटको सिलिङ दिइरहँदा भुगोल, जनसङ्ख्या सबै हिसाबले महाङ्काल भन्दा ठूलो बाग्मती र त्यसमाथि पनि बाग्मतीकै सबैभन्दा ठूलो भूगोल र जनसङ्ख्या भएको गिम्दीमा ३० लाख बजेट लिएए जानुजस्तो पीडा अरु केही नभएको गुनासो बजगाइँको छ । गाउँसभामा बजगाईँले भने,"सबै कुरा गाउँपालिका अध्यक्षलाई मात्र म दोष दिन चाहान्न, यहाँका विषयगत समितिका साथीहरुले अघिल्लो दिन मैले दिएका योजना लिएर जानुभो, आज आउँदा सबै महत्त्वपूर्ण योजना काटिदिनुभो ! म उहाँहरुलाई अझै सक्नुहुन्छ भने दुई वडा मिलाएर गिम्दी पनि चलाईदिनोस, म छोड्न तयार छु।"

समृद्ध बाग्मतीको नारा लगाईरहँदा गाउँपालिकाले समृद्धी उन्मुख कामहरु गर्न नसकेको उनको गुनासो छ । त्यसमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष मात्र नभएर अन्य वडाध्यक्ष र बोर्ड सदस्यहरुको पनि दोष रहेको भन्दै बजगाईँले सबै मिलेर रचनात्मक काम गर्नुपर्ने बताए । गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित बजगाईँ एक्लो वडाध्यक्ष हुन् ।

ललितपुरमा रहेका तीन वटा गाउँपालिकामध्ये महाङ्कालले वडालाई ८० लाख,कोन्ज्योसोमले ४५ लाख सहित वडाध्यक्षको रोहबरमा हुने गरि थप ८ लाख छुट्याउँदा भूगोलमै ठूलो र ७ वडा रहेको बाग्मतीले वडालाई ३० लाख बजेट मात्र दिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: