एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित, यी हुन् निर्वाचित पदाधिकारी (मतसहित)

दर्पण दैनिक १५ आश्विन २०८०,२१:१५
post

कर्णाली । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित भएका छन् । कुल ६०४ मत खसेकोमा शाह ३६९ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले २०७ मत पाएका छन् । शाहले शाहीलाई १६२ मतले पछि पारेका हुन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी प्रकाश रोकायाले ४ मत पाएका छन् । खसेकोमध्ये ५८० मत सदर भएको थियो ।

कसले कति मत पाए ?

जम्मा खसेको मत- ६०४
सदर मत - ५८०
बदर - २४

अध्यक्ष

गुलाबजंग शाह - ३६९
मीन वहादुर शाही - २०७
प्रकाश रोकाय - ४

उपाध्यक्ष

टेकराज पछाई - ३४२
लाल बहादुर महतारा - १७६
दानसिंह परिवार- ५९

 

सचिव

ध्रुव बहादुर शाही - ४०६
रूद्र बहादुर शाही - १६९

उपसचिव

रविन्द्र राज शर्मा - ३००
रमेश कुमार शाही - २६६
पद्मा  खड्का- १५१
मेनका पछाई- ९६
तेज कुमार बि क -७७
उज्जन बहादुर शाह- ५६
धिरेन्द्र गिरी -५२
नारायण बहादुर शाह -३४

 बखत बहादुर भण्डारी - ३४

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: