सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर पाँच भकान्जेमा अवस्थित चन्द्रज्योति माध्यमिक विद्यालय आयोजनामा भएको मैत्रीपूर्ण महिला तथा पुरुष भलिबल प्रतियोगिता सप्पन्न भएको छ । उक्त भलिबल प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो ।
पुरुषतर्फ शिव पार्वती सामुदायिक संस्था ए सगरडाँडा विजेता भएको छ भने सेराह अर्गानिक कृषि फर्म किन्जा उपविजेता भएको छ । त्यस्तै चन्द्रज्योति माध्यमिक विद्यालयको टिम ए तृतीय भएको छ । शिव पार्वती सामुदायिक संस्था सगरडाँडाले सान्त्वना स्थान हाँसिल गर्न सफल भएको छ ।
महिलातर्फ चन्द्रज्योति माध्यमिक विद्यालय टिम ए प्रथम भएको छ । सगरमाथा आधारभुत विद्यालय सगरडाँडा दोस्रो तथा हिमालयन यति बिल्डर्स छिरिङखर्क तेस्रो भएको छ भने चन्द्रज्योति माध्यमिक विद्यालय टिम बी सान्त्वना भएको छ ।
दुईदिने भलिबल खेल प्रतियोगिताको प्रमुख अतिथिको भुमिका निर्वाह गर्नु भएका लिखुपिके गाउँपालिका चार नम्बर वडाका वडा अध्यक्ष हिकमत बहादुर बस्नेतले सहभागी खेलाडीहरुलाई धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरे ।
त्यस्तै वडा नम्बर पाँचका अध्यक्ष ङिमाछिरी लामाले खेलकुद विकासका लागि खेलकुद समितिको आवश्यकता भएको भन्दै नियम सम्वत ढङ्गबाट खेलकुद समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खेलमा महिलातर्फ हिमालयन यति बिल्डर्स छिरिङखर्क, शिव पार्वती सामुदायिक संस्था सगरडाँडा, आयोजक चन्द्रज्योति माध्यमिक विद्यालय ए र बी टिम गरि चार टिमले भाग लिएका थिए । त्यस्तै पुरुषतर्फ हिमालयन बिल्डर्स छिरिङखर्क टिम ए र बी, शिब्व पार्वती सामुदायिक संस्था सगरडाँडा ए र बी, आयोजक चन्द्रज्योति भकान्जे ए र बी, छिम्बु आधारभूत विद्यालय छिम्बु र सेराह अर्गानिक कृषि फाराम किन्जा गरी आठ टिमले सहभागिता जनाएका थिए । उक्त भलिबल प्रतियोगितामा माया थामी र पेमा थामीले नृत्य प्रस्तुर गरेका थिए ।