विराट कोहलीले तोडे सचिनको कीर्तिमान

दर्पण दैनिक २५ भाद्र २०८०,२२:१३
post

काठमाडाैं । एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानबिरुद्ध भारतका विराट कोहलीले शतक प्रहार गरेका छन् ।  यो शतकसंगै विराटले नयाँ कीर्तिमान पनि बनाएका छन् । 
कोहलीले आफ्नो एकदिवसीय करियरमा १३ हजार रन पूरा गरे।  कोहलीले आफ्नो २६७ औं इनिङ्समा १३ हजार रन पूरा गरेका हुन्  । 

योसँगै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा कम इनिङ्समा १३ हजार रन बनाउने ब्याट्सम्यान बनेका छन् । हाल यो रेकर्ड सचिन तेन्दुलकरको नाममा छ, जसले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बनेका छन्  । सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान बनेका छन् ।  सचिनको नाममा ४६३ खेलमा १८ हजार ४२६ रन छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: