कार दुर्घटनामा परेका २२ वर्षीय फुटबलर मार्को एङ्गुलोको निधन

दर्पण दैनिक २८ कार्तिक २०८१,१३:१४
post

काठमाडौं । कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्‍वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ । २२ वर्षीय एङ्गुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्‍वेडर फुटबल फेडेरेसनले एक विज्ञप्तिमार्फत जनाएको छ । 

‘मार्को एक उत्कृष्ट खेलाडी मात्र नभएर एक उत्कृष्ट साथी पनि थिए, हाम्रो फुटबल महासंघ एङ्गुलोको मृत्युमा गहिरो सहानुभूति व्यक्त गर्दछ’, विज्ञप्तिलाई उद्धृत गर्दै स्थानीय मिडियाहरुले लेखेका छन् ।

उमेर समूहको टोलीमा २०१९ देखि खेल्न थालेका उनले सन् २०२२ मा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यसबाहेक २०२० देखि क्लबमा आबद्ध उनी २०२३ मा लियोनल मेस्सी खेलिरहेको लिग मेजर लिग सकरकै क्लब सिनसिनाटी एफसीबाट खेलेका थिए भने यसै वर्ष इक्‍वेडरकै क्लब एलडियू क्‍विटोमा लोनमा अनुबन्ध भएका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५