काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो खेलमा नेपालले आज बुधबार घरेलु टोली लाओससँग खेल्दैछ । वियनतियानेस्थित लाओसको राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
यसअघि दशरग रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरी खेलेको नेपालले आज जित्नैपर्ने दबाबमा छ । आज हार वा बराबरीले नेपालको विश्वकपको यात्रा समाप्त हुनेछ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा विश्वकप आयोजना गर्दैछ । त्यसको लागि नेपालले एसिया क्षेत्रको छनोटको पनि प्रारम्भिक चरण खेल्दैछ ।
प्रारम्भिक चरणमा एसियाका शीर्ष २६ बाहिर रहेका टिमहरुले खेलिरहेका छन्, जसमा नर्दन मारियाना आइल्याण्ड बाहेक २० टिमले होम एण्ड अवेका आधारमा दुई लेगको खेल खेलेपछि विजेता १० टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् ।
























































































































.jpg)
















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google