अमेरिकामा एरिकाले जितिन् स्वर्ण र रजत

दर्पण दैनिक १९ चैत्र २०८०,१२:२८
post

काठमाडौं । अमेरिकामा भएको यूएस ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा नेपाली खेलाडी एरिका गुरुङले १ स्वर्ण र १ रजत जितेकी छन् । गएराति भएको खेलमा क्यानडाकी खेलाडीलाई हराउँदै एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा ९-० ले पराजित गरिन् ।

एरिकाले सिनियर इलिटको ६८ केजीमाथीतर्फ रजत पदक जितेकी छन् । उनले फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ ले पराजित हुँदा रजत पदक हात पारेकी हुन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: