युएईमाथि सानदार जित निकाल्दै नेपालले आगामी ४ वर्षका सोझै एक दिवसीय मान्यता जाेगायाे

दर्पण दैनिक २८ फाल्गुन २०७९,१५:२९
post

काठमाडौं ।  आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाल्दै नेपालले आगामी ४ वर्षका सोझै एक दिवसीय मान्यता जोगाएको छ ।  युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो ।

लिग २ मा दोस्रो पटक युएईलाई हराएको घरेलु टोलीले शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको हो । नेपालले अबका बाँकी दुई खेल गुमाएपनि ओडिआई मान्यता कायम रहनेछ । 

ओडीआई मान्यता जोगाएपछि नेपालको अबको लक्ष्य शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने रहेको छ । शीर्ष ३ मा रहन नसके प्ले अफबाट विश्वकप छनोटमा स्थान बनाउने बाटो नेपालसामु छ । 

नेपालसँगको हारले भने युएइले सोझै ओडिआइ मान्यता जोगाउने अवसर गुमाएको छ । अर्को प्ले अफमा शीर्ष ४ मा पर्न नसके युएईको ओडिआई मान्यता गुम्नेछ । 

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भयो । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: