साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

दर्पण दैनिक १४ कार्तिक २०८१,०८:२६
post

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधिका लागि आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज साँझ साढे ६ बजे हुने दशरथ रंगशालामा हुने भएको हो । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने भएका छन् । उनले उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

नेपालले भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दावी छ ।

नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: