काभ्रे । तेमाल गाउँपालिकाको पोखरी नारायणस्थान खेल मैदानमा सञ्चालन हुने प्रथम खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिताको तयरी पुरा भएको छ । प्रतियोगिताका उद्घाटन गर्न बागमती प्रदेश सरकारका पूर्व खानेपानी मन्त्री, बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा तेमाल आउने भएका हुन् ।
उद्घाटन समारोह राष्ट्रिय स्तरका भलिबल खेलाडीहरुको बेजोड खेल प्रस्तुतिसमेत रहने तेमाल गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोह यहि फागुन ७ गते बिहान ११ बजे पोखरी नारायणस्थान, खेल मैदानमा हुने समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google