काठमाडौ । ललितपुर मेयर कप खुल्ला महिला तथा पुरुष भलिबलको उपाधि महिलातर्फ पुलिस क्लबले जितेका छ । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले महिला तर्फको उपाधी हात पारेको छ । पुलिसले एपीएफलाई २५–११, १९–२५, २५–१९ र २५–२२ को सेटमा पाखा लगायो । उपाधिसँगै विजेता टीम पुलिसले ट्रफी सहित २ लाख रुपैयाँ प्राप्त गरे गर्यो उपविजेता बनेको एपीएफले एक लाख रुपैयाँमा चित्त बुझायो।
पुलिस क्लब बिजेता भएसंगै प्रशिक्षक रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भएका छन। उत्कृष्ट प्रशिक्षक घोषित भएका बिष्टले प्रमाणपत्र मेडल सहित नगद रुपैया पाँच हजार प्राप्त गरेका छन् ।
नेपाल पुलिस क्लबका प्रमुख प्रशिक्षक रहेका रुपेश कुमार बिष्ट पछिल्लो समय उत्कृष्ट प्रशिक्षण दिदै आफ्नो टीम लाई सफलताको शिखरमा पुर्याउदै आएका छन् । घरेलु मैदानमा हुने धेरैजसो खेलमा अहिले नेपाल पुलिस क्लबले दर्शकको मन जित्दै उत्कृष्ट खेल खेल्दै आएको छ ।
राम्रो नतिजा ल्याउन राम्रो मान्छे जिम्मेवारीमा आउनुपर्छ भन्ने कुराको उदाहरण प्रशिक्षक रुपेश कुमार बिष्ट हुनुहुन्छ हामीले एकपछि अर्को सफलता हात पार्दै हुनुहुन्छ यो कसरी भन्दा " मैले टीम लाई एउटा लयमा ल्याउन कोशिश गरे त्यही अनुसार खेलाडीले मेहनत गरे त्यसको परिणाम आएको हो" प्रशिक्षक बिष्टले भने ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्काले विजेता खेलाडी तथा टिमलाई पुरस्कृत गरेका थिए । ललितपुर महानगरको आयोजनामा बैशाख ९ गतेबाट सञ्चालित प्रतियोगितालाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सञ्चालन गरेको हो ।
























































































































.jpg)


















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google