विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै आज

दर्पण दैनिक १९ कार्तिक २०८१,०८:२८
post

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज (सोमबार) नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ ।

सिरिजअन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो ।

सिरिजअन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ । अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ । लिग–२ मा अंक बनाउन नेपालमाथि आजको खेल जित्नै पर्ने दबाब छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: