क्रिकेटर सन्दीप लामिछानेले लगाए १० वर्षपछि आमा र बुवाको हातबाट  दसैँको टिका

दर्पण दैनिक २६ आश्विन २०८१,१७:३९
post

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले दसैँको टिका ग्रहण गरेका छन् । सन्दीपले आफ्ना आमा र बुवाको हातबाट दसैँको टिका ग्रहण गरेका हुन् ।

उनले आमा बुवाको हातबाट १० वर्षपछि दसैँको टिका लगाएका हुन् । सन्दीपले दसैँको टिका ग्रहण गरेपछि भगवानलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘निधारमा आमाबुवाको हातको यो टीका लगाउन म कति तड्पेको थिएँ त्यो मलाई मात्र थाहा छ । १० वर्ष पछि आज यो पल फेरि फर्केर आएको छ । भगवानलाई धेरै धेरै धन्यवाद कि मेरा यी भगवान्हरू सधैँ मेरो साथमा हुनुहुन्छ । दशैंको सबैलाई शुभकामना ।’

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: