विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

दर्पण दैनिक १ मंसिर २०८०,०७:२८
post

काठमाडौं । विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । गए राति अल मकतुम स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४-० गोलले पराजित भएको छ । यूएईले पहिलो हाफमा नै ४ गोल गर्‍यो । यूएईका लागि कप्तान अलि मखबूटले २ तथा खलीफा अल–हम्मादि र फावियो लिमाले १/१ गोल गरे ।


यसअघि सन् १९८४ मा भएको एसिया कप छनोटमा नेपाल यूएईसँग ११-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मङ्सिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ ।

नेपाल रहेको समूह ‘एच’ मा यमन, यूएई र बहराइन छन् । दोस्रो चरणका खेलहरू ‘होम’ एन्ड ‘अवे’ का आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ । ४ टोलीमध्ये शीर्ष २ टोली एसिया कपमा छनोट हुँदै विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: