काठमाडाैं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त भएका छन् । नेपाल भलिबल संघले उनलाई बर्खास्त गरेको हो ।
शनिबार सम्पन्न सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा उनको भूमिका सन्तोषजनक नभएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो ।
उनी आर्मी क्लबका खेलाडी पनि हुन् । आर्मी र गण्डकीबीचको खेलमा साेमबार विवादसमेत भएको थियो । आर्मीका खेलाडीले दर्शकमाथि हातपात गरेका थिए ।
दर्शकमाथि भएको कुटपिट घटनाको छानबिन गर्न गठित समितिको सिफारिसमा थापालाई कप्तानबाट हटाइएको संघले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google