काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।
एक दिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको हो । जसमा भारतको अग्रता कायमै छ। विश्वकप क्रिकेट अघि पनि भारत क्रिकेटको तीनवटै फम्र्याटमा अग्र स्थानमै थियो।
आइसीसीका अनुसार भारत २६५ अङ्कका साथ टी ट्वान्टी र्याङ्किगमा शीर्ष स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड २५९ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। यस्तै न्यूजिल्यान्ड २५५ अङ्कका साथ तेस्रो स्थानमा रहँदा अस्ट्रेलिया २५२ अङ्कका साथ चौथो र पाकिस्तान २५१ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ।
यस्तै एक दिवसीय क्रिकेट र्याङ्किगमा भारत १२१ अङ्कका साथ पहिलो, अस्ट्रेलिया ११७ अङ्कका साथ दोस्रो, दक्षिण अफ्रिका ११० अङ्कका साथ तेस्रो, पाकिस्तान १०९ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०२ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ।
आइसीसीका अनुसार टेस्ट र्याङ्किगमा भारत ११८ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। ११८ अङ्क रहे पनि रनरटेको आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ। यस्तै इङ्ग्ल्यान्ड ११५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका १०४ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ।
























































































































.jpg)


















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google