आईसीसी विश्वकप लिग२ को टिकट माइपे वालेटबाट पनि

दर्पण दैनिक २६ माघ २०७९,०७:१४
post

काठमाडौं । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिय र स्कटल्याण्ड बिचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको ब्यवस्था समेत गरेको छ । खेल आउदो फाल्गुण २ देखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदै छ ।

क्यानले सामान्य टिकटको मूल्य रु १५० र भिआईपि टिकटको मूल्य रु ३५० निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य रु १३० र भिआईपि टिकटको मूल्य ३२० निर्धारण गरेको छ । माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको ब्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए ।

पछिल्लो समय नेपाल टि२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विबादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भईरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ । 

लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ । नामिबिया ३७ अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ । माइपे ले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडिलाई समर्थन र हौसला प्रदान गर्न समेत आह्वान गरेको छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: