विश्वकप क्रिकेट: दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा

दर्पण दैनिक १ मंसिर २०८०,०७:२२
post

काठमाडाैं । दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा फेरि एकपटक पराजित भएको छ । भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको रोमाञ्चक सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

अब आइतबार अस्ट्रेलियाले विश्वकपको उपाधिका लागि भारतको सामना गर्नेछ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ सय १२ रन बनाएको थियो, जवाफमा अस्ट्रेलियाले ४८औँ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । 

अस्ट्रेलिया आठौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनलमा पुग्दा पाँच पटक विजेता बनेको थियो । उसले १९८७, १९९९, २००३, २००७ र २०१५ को विश्वकप जितेकाे थियाे । 

भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७० रनले हराएको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: