नामिबियाविरुद्ध नेपाल तीन विकेटले विजयी

दर्पण दैनिक ६ फाल्गुन २०७९,१७:०६
post

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपालले नामिबियामाथि शानदार जित निकालेको छ ।

२७५ रनको लक्ष्य पछ्याएको नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नेपालको जितमा ओपनर आसिफ शेख, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लको ब्याटिङको मुख्य भूमिका रह्यो ।

शेखले ९८ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ८१ रन बनाए । यस्तै, मल्लले ७४ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६५ रन बनाए । 

यस्तै, कुशलले ४९ बलमा ६ चौका र चार छक्काको मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेलले ४३ बलमा पाँच चौकाको मद्दतमा ३९ रन बनाए । त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले ६ विकेट गुमाएर २७४ रनको योगफल खडा गरेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: