क्रिकेटर सन्दीप लामिछाने विदेशमा खेल्न जान नपाउने

दर्पण दैनिक १२ फाल्गुन २०७९,१७:४७
post

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विदेशमा खेल्न जान नपाउने भएका छन् । क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित सन्दीपका तर्फबाट बिहीबार दायर भएको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै शुक्रबार विदेश जान नपाउने आदेश दिएको हो । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जानबाट रोकेको हो ।


सोमबारदेखि युएईको दुबईमा हुने त्रिकोणात्मक सिरिजमा खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली दुबई जाँदै छ । उक्त टोलीमा सन्दीप जान नपाउने भएपछि सन्दीपविनै नेपाली टोलीले खेल्नु पर्ने छ ।

यसअघि नेपालमा भएको त्रिकोणीय सिरिजका ४ खेलमा सन्दीपकै मद्दतले नेपाली टोलीले जित हात पारेको थियो ।

त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले ४ खेल खेल्नेछ।

जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: