पाकिस्तानी क्रिकेटको कप्तानमा फेरि बाबर आजम नियुक्त

दर्पण दैनिक १८ चैत्र २०८०,१३:५८
post

कराँची । पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई फेरि पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ ।

गत वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फम्र्याटका क्रिकेटबाट कप्तानी पद त्याग गरेका थिए ।

पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुनः नियुक्त गरिएको ट्विटरमार्फत घोषणा गरेको थियो । बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टी–२० र एकदिवसीय दुवै टिमका लागि बाबर आजमलाई नियुक्त गरिएको हो ।

यसअघि अन्तरिम व्यवस्थाका रुपमा टी–२० क्रिकेटका लागि तीब्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । साथै शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा भ्रमणकारी पाकिस्तानी टोली ३–० र टी–२० क्रिकेटमा ४–१ ले नराम्रोसँग पराजित भएको थियो ।

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्यूजील्यान्ड, आयरल्यान्ड र इङल्यान्डविरुद्ध टी–२० क्रिकेट खेल्दैछ ।– रासस, एएफपी

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५