पोखरालाई पराजित गर्दै ललितपुरले जित्याे एनएसएल तेस्रो संस्करणको उपाधि

दर्पण दैनिक १३ बैशाख २०८२,२१:०३
post

काठमाडाैँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर एफसीले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरालाई २-१ गोलले हराएको हो ।

दशरथ रंशगालामा भएको खेलमा लिगको अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औँ मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जित सुनिश्चित गर्‍यो ।

ललितपुरका लागि खेलको ४२औँ मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औँ मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औँ मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।

दाेस्राेपटक विजेता बनेकाे ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पाेखराले भने ३० लाख रुपैयाँ पाउनेछ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: