तेमाल २ मा वडाध्यक्ष कप फुटबल सम्पन्न, जागरुक युवा क्लब बन्यो बिजेता

दर्पण दैनिक १४ माघ २०८१,१३:५७
post

काभ्रे । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले खेलाडीको मुख्य गहना भनेकै अनुशासन भएको बताएका छन् । तेमाल गाउँपालिका वडा २ मा आयोजना गरिएको दोश्रो वडा अध्यक्ष कप– २०८१ अन्तर्गत खुल्ला फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै अध्यक्ष तामाङले यस्तो बताएका हुन् । 

खेलकुदप्रति युवाहरूको आकर्षण बढाउँदै खेलाडी प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले वडा नम्बर २ को आर्थिक सहयोगमा राइजिङ स्टार्स फूटवल क्लबले आयोजनामा गरेको सो प्रतियोगिताको आइतबार सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष तामाङको प्रमुख आतिथ्यता भएको प्रतियोगिताको समापन कार्यक्रम गरिएको थियो । सो क्रममा अध्यक्ष तामाङले प्रतियोगिता भइरहेको गोठडाँडा खेल मैदान सानो भएकोले खेलमैदान निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताए ।

यसैबीच समापन कार्यक्रमलाई उपाध्यक्ष दलमान थोकर, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

प्रतियोगितामा डाँडागाउँ जगरुक युवा क्लब बिजेता बनेको छ, भने नोर्बु नाम्ग्याल युवा क्लब लामागाउँ उपविजेता बनेको छ ।

 बिजेता हुने डाँडागाउँ जागरुक युवा क्लबलाई कपका साथै ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने नोर्बु नाम्ग्याल युवा क्लब लामागाउँलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: