झापा । ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन् ।
बिहीबार राति ९ बजे झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं आउने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरी टोलीले चेक गर्दा भित्री वस्त्रमा लुकाएर ल्याइएको ब्राउन सुगर भेटिएको हो ।
उनीहरूले भित्री वस्त्रमा प्याड आकारको साइज बनाई लुकाएर ब्राउन सुगर काठमाडौं लैजान लागेका थिए ।
पक्राउ परेका दुई जनाको साथबाट ब्राउन सुगरसहित मोबाइल, नेपाली नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाएको डिएसपी रिजालले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google