
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले ३० वर्ष वा सोभन्दा माथिका नागरिक तथा नियमित औषधि सेवन गरिरहेका बिरामीहरूलाई लक्षित गर्दै निःशुल्क नसर्ने रोग (NCD) परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाको कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय पोखरी नारायणस्थानको आयोजनामा चिकित्सकसहितको टोलीले गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न लागेको हो ।
शिविरमा सुगर, मुटु, मिर्गौला, युरिक एसिड तथा पिसाबसम्बन्धी प्रयोगशाला (ल्याब) जाँचसमेत निःशुल्क गरिने गाउँपालिकाले जनाएको छ ।
शिविर सञ्चालन हुने मिति, स्थान र समय तालिका निम्नानुसार रहेको छ :
१. मिति २०८३/०७/१२: बोलदेफिदिचे स्वास्थ्य चौकी, वडा नं. ४ (समय: बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म)
२. मिति २०८३/०७/१३: सरमथली स्वास्थ्य चौकी, वडा नं. ३ (समय: बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म)
३. मिति २०८३/०७/१६: सस्युखर्क स्वास्थ्य इकाई, वडा नं. २ (समय: बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म)
४. मिति २०८३/०७/१७: सामुदायिक स्वास्थ्य इकाई सस्युखर्क, वडा नं. १ (समय: बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म)
जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य बीमा र परिचयपत्र वितरण
शिविर सञ्चालन हुने समयावधिमै सम्बन्धित वडामा ७० वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा, जेष्ठ नागरिक परिचयपत्र वितरण तथा अपाङ्गता वर्गीकरणको कार्यसमेत गरिने गाउँपालिकाले जानकारी गराएको छ । सम्बन्धित लाभग्राहीहरूले सेवा लिन जाँदा अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, उमेर खुल्ने कागजात र लागू हुने अवस्थामा अपाङ्गता परिचयपत्र साथमा ल्याउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुद्वारा जारी सूचनामा अनुरोध गरिएको छ ।




























































.jpg)



















.jpg)








































.jpg)













प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google