काभ्रे । काभ्रेपालञ्चोकको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य शाखाले २१औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । २१औँ राष्ट्रिय महिला स्वयंसेवीका दिवसको अवसरमा आयोजित कार्यक्रमलाई पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले उद्धाटन गरेका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका महिला स्वयसेवीका लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले बिना स्वार्थ कुनै पनि लाभ नलिकन निरन्तर लागिरहेका स्वाथ्य सेविकाहरुको माग बारे आफूलाई थाहा भएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा बागमती प्रदेशसभा सदस्यको नाताले यसका लागि आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरे ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सेवा निवृत भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई जनही २० हजार रुपैयाँको दरले नगदसहित सम्मान र विदाइ गरेको थियो ।
साथै नगरपालिकाको ११ वटै वडामा कार्यरत ८२ जना महिला स्वास्थ्य स्वंयसेविकालाई नगरपालिकाले सम्मान गरेको छ ।
पूर्वमन्त्री लामाले उनीहरुलाई सम्मान गरे । सम्मानपछि लामाले महिला स्वंयसेविकाको योगदानको सबैले कदर गर्नुपर्ने बताए । उनले नगरपालिकाले गरेको कामको प्रशंसा गरे ।
उनले स्वंयसेविकालाई थप सेवा सुविधाको लागि प्रदेश सरकारमार्फत पहल गर्ने बताए । प्रदेश सरकारले निवृत हुने महिला स्वास्थ्य स्वंयसेविकालाई २० हजार रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।
सो कार्यक्रममा रोशी गाउँपालिका प्रमुख दिनेश लामा वडा अध्यक्षहरु लगायतले शुभकमना ब्यक्त गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google