जहाँ नेपाली त्यहाँ रक्तदान भन्दै नेपाली रक्तदाता संघ युएईले १६ जुनमा बृहत् रक्तदान कार्यक्रम गर्ने

दर्पण दैनिक १८ जेष्ठ २०८१,१३:३७
post

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ युएईले बृहत रक्तदान कार्यक्रम  आयोजना गर्ने भएको छ । २०२४ जुन १६ आइतबारको दिन दुबई हेल्थ अथोरोटीसँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम हुन लागेको हो । 

युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter , Al Jaddaf  मा दिउँसो १२ बजेदेखि साढे ३ बजेसम्म बृहत रक्तदान कार्यक्रम आयोजना हुने नेपाली रक्तदाता संघ युएईका अध्यक्ष तथा समाजसेवी बासुदेव ढुंगानाले बताए  ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मुल नारा साथ बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । जगन अधिकारीको संयोजकत्वमा हुने उक्त रक्त्तदान कार्यक्रममा युएईमा रहने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरु, समाजसेवी, बुद्दीजिवी, राजनीतिज्ञ लगायतलाई सहभागी हुन नेपाली रक्तदाता संघ युएईले अपिल गरेको छ ।

नेपाली रक्तदाता संघ युएई २२ जनाको कार्यसमिति रहेको छ । जसको अध्यक्षमा बासुदेव ढुंगाना, उपाध्यक्ष सोनी भण्डारी, उपाध्यक्ष गोपिनी शाह, सचिव नारायण कार्की , सह–सचिव इश्वर घिमिरे, कोषध्यक्ष सुनिता कार्की , सह–कोषाध्यक्ष पुर्णिामा घिसिङ रहेका छन् । त्यस्तै, सदस्यहरु तिर्थ श्रेष्ठ, सानू शर्मा, रामचन्द्र ढकाल, अमृत अधिकारी, बल बहादुर पाख्रीन, ओम श्रेष्ठ, मोहनदेव जोशी, समिर आचार्य, पंकज गिरी, सोमा भुजेल छन , भने संरक्षकमा सुनिलराज श्रेष्ठ र सल्लाहकारमा नवीन कार्की, गोबिन्द पन्त, दिपक रावत र सुजन थापा रहेका छन् ।

यसै सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्यसमिति सदस्य तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले रक्तदान गर्न अपिल गरेका छन् । 

उनले भनेका छन् 

नमस्कार आदरणीय महिला तथा सज्जनबृन्द 
आज हामी रक्तदानका केहि अविश्वसनीय लाभहरू को चर्चा गर्न चाहन्छौं । रक्तचाप नियन्त्रण गर्ने एक सरल अझै शक्तिशाली कार्य हो जसले जीवन वचत गर्दछ र विश्व स्वास्थ्य प्रणालीलाई समर्थन गर्दछ । यहाँ केहि प्रमुख लाभहरू छन्:

१. जीवन बचत: एक दानले कम से कम ३ जना दुर्घटना पीडित, शल्य चिकित्सा बिरामीहरू तथा ती दीर्घकालीन रोगहरू भएका बिरामीहरूलाई आवश्यक रक्त घटकहरू प्रदान गरेर तीन जीवन बचाउन सकिन्छ ।

२. स्वास्थ्य प्रणाली समर्थन: नियमित रक्त दानहरूले अस्पताल र क्लिनिकहरूको लागि स्थिर र पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्दछ, तिनीहरूलाई जीवनभर प्रक्रिया र उपचार प्रदर्शन गर्न सक्षम बनाउँछ।

३. दाताहरूको स्वास्थ्य लाभ: दान गर्ने रगतले शरीरमा हानिकारक आइरन स्टोरहरू घटाउन सक्छ, हृदय रोगको जोखिम कम गर्छ अनि यसले रक्तचापको सम्पूर्ण रक्तचापको उपचार गर्ने, नयाँ रक्तचापको उत्पादनलाई पनि बढाउँछ।

४. सामुदायिक सदभाव : रक्त दान समुदाय र altruism को अर्थमा बढावा दिन्छ। यसले दाताहरूलाई ठूलो सामाजिक सदभावमा जोड दिनुका साथै मानवत  र आपसी मेलमिलापमा बढावा दिन्छ।

५ आपतकालीन तैयारी:  नियमित रक्तदान गर्नाले आपतकालीन रगत आपूर्ति र प्राकृतिक प्रकोपहरूको प्रतिक्रियाको लागि महत्वपूर्ण भुमिका रहन्छ, जहाँ  आवस्यक रगतको अभाव हुन बाट बचाउछ ।
 त्यसैले हाम्रो बिस्वप्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
 रक्तदान जीवनदान 
 १६ जुन २०२४

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५