काठमाडाैं । लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब सेवा सुरु भएको छ । बरिस्ठ मुटु रोग विशेषज्ञ डा. अर्जुन बुढाथोकी को नेतृत्वमा हिजो एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको छ । डा. बुढाथोकीलाई सो कार्यका लागि डा. रोशन घिमिरेले साथ दिएका थिए ।
'यो अस्पताल लुम्बिनी प्रदेशको धरोहर हो, हामीले क्याथल्याबमा पहिलो पाइला चालेका छौँ । निकट भविष्यमा नै थप सेवाहरु सुरु गर्नेछौँ । एन्जियोप्लास्टी ( मुटु को धमनीमा जाली हाल्ने काम), पेसमेकर (मुटुको चाल कम हुँदा हालिने मेसिन सहितको व्याट्री) को सेवा पनि सुरु गर्ने छौँ', डा. बुढाथोकीले भने ।
उनका अनुसार यो सेवाहरु सुरु भएपछी काठमाडौं जानु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य उनको भनाइ छ । क्याथल्याब सञ्चालन टिम वर्क भएको र संघीय, प्रदेश मन्त्रालय, अस्पताल प्रशासन, नरसिङ स्टाफ र सहयोगी स्टाफको सहयोगले यो कार्य सम्भव भएको डा. बुढाथोकीले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google