काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ । पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ ।
बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ । सरकार सरकार (जिटुजी) संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो ।
बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ । आवेदन आज (शुक्रबार) देखि खुला भएको छ । कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ । आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ ।
आवेदनका लागि भने योग्यता तोकिएको छ । पिसिएल नर्सिङ पूरा गरेका तथा नर्सिङमा स्नातक एवम् स्नातकोत्तर तहसम्म अध्ययन गरेको हुनुपर्ने छ । यसका साथै न्यूनतम दुई वर्षको कार्य अनुभव हुनुपर्ने छ । आइइएलटिएसमा पनि ७ स्कोर ल्याएको हुनुपर्ने छ ।
नेपालबाट छनौट भइसकेपछि बेलायत पुगेर त्यहाँको नर्सिङ काउन्सिलमा पनि परीक्षा दिनुपर्नेछ । त्यहाँको परीक्षामा उत्तीर्ण भएपछि मात्रै स्थायी रोजगारीको सुनिश्चतता हुनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google