रोटरी क्लब अफ यलको सहयोगमा फूल्चोकीमा वृक्षारोपण

दर्पण दैनिक ३० असार २०८०,२०:४२
post

ललितपुर । रोटरी क्लब अफ यलको सहयोगमा ठैव ललितपुरमा रहेको फूल्चोकी माध्यमिक विद्यालयको परिसरमा १०४ वटा  विरुवा रोपिएको छ । विद्यालय परिसरलाई हरियाली बनाउने उद्देश्यले  यलको सहयोगमा  विद्यालयको परिसरमा वृक्षारोपण  गरिएको हो । एभोकाडो, कागती,अम्बा, कटुस, कपुर, नासपाती जातका फलफूलको बोटबिरुवाहरु स्कुल परिसरमा रोपिएको रोटरी क्लब अफ यलका अध्यक्ष शोभादेवी  श्रेष्ठले जानकारी दिइन् । 

विद्यालय परिसर सरसफाई गर्न र विद्यार्थी मार्फत वृक्षारोपणको जनचेतना घरघरमा फैलाउन उक्त कार्य गरिएकोमा धन्यवाद दिँदै प्रधानाध्यापक गोपालकुमार पाण्डेले फल र फूलको चोक फूल्चोकी बनाउने बताए । विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले रोटरी क्लब अफ यल  र विद्यालयको सम्बन्ध हरियाली जस्तै दिगो रहने पर्ने बताए । वृक्षारोपणमा यलका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी र विद्यालय स्काउटको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: