स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

दर्पण दैनिक २७ फाल्गुन २०८१,२१:०८
post

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।


यसअघि विभागको महानिर्देशक डा. विकास देवकोटा थिए । डा. देवकोटा सचिवमा बढुवा भएपछि महानिर्देशकको पद खाली थियो ।


मन्त्रालयमा १२ औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा. बाराकोटीले बुधबारबाट कार्यभार सम्हाल्ने तयारीमा छन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: