सुर्खेत । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालले नेपाल पुलिस स्कूल सुर्खेतमा अध्ययनरत १०८ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेकी छन् ।
एक कार्यक्रमकाबीच ढकालले शैक्षिक सामाग्रीहरु वितरण गरेकी हुन् ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल, स्कूलका समादेशक प्रहरी निरीक्षक देवराज पौडेल, प्रधानाध्यापक सुनिल देवकोटा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google