काठमाडौं । माध्यमिक तहका शिक्षकका लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा विभिन्न विषयका लागि ३६८ जना शिक्षकको माग गरेको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले अनलाइन दरखास्त दिन सक्ने आयोगले जनाएको छ । यही माघ २८ गतेसम्म दरखास्त दिन सकिनेछ । डबल दस्तुर तिरेर फागुन ५ गतेसम्म दरखास्त दिन सकिने पनि आयोगले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google