एसइईदेखि त्रिविसम्म ब्राईट फ्युचरको उत्कृष्ठ नतिजा

दर्पण दैनिक २९ श्रावण २०८१,१४:२३
post

ललितपुर  । जिल्लाको सातदोबाटोमा रहेको ब्राईट फ्युचर स्कुल तथा  कलेजले साबि तहका नतिजामा आफ्नो अब्बलातालाई रस्तुत गरिरहेको छ  ।विगत ३ दशकदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै  आएको ब्राइट पयुचर स्कूल एण्ड कलेजले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ), प्स टु साथै स्नातक तहमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

यस वर्षको एसइई परीक्षामा विद्यालयबाट शेक्रिना शाही र उज्ज्वल चौलागाईंले उत्कृष्ठ ४ जीपीए ल्याई सर्वोत्कृष्ठ भएका छन् . यही वर्ष २०८१ मा कक्षा १२ मा उत्कृष्ठ नतिजा ल्याएको कलेजले स्नातक तहमा समेत उत्कृष्ट शिक्षा प्रदान गरिरहेको हालै प्रकाशित नतिजाले देखाएको छ । शिक्षाशास्त्र  संकाय प्रथम वर्षमा छात्रा यमुना बोगटीले ७५ दशमलव २१ प्रतिशत अंक हासिल गरी देशभरबाट नै अर्थात् त्रिविटप गर्न सफल भएकी छिन् ।

त्यस्तै, ब्राइट फ्युचर स्कूल एण्ड कलेजकै अप्सरा चौलागाई त्रि.वि. तृतीय एवं सिम्रन गोपालीले दशौं स्थान हाँसिल गरेकी छन् । पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्दै आएको ब्राइट फ्युचर स्कूल एण्ड कलेजले गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रतिबद्ध रहेको र यसका लागि कसैसंग सम्झौता नगरिने एज परिवारले जनाएको छ  ।  

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका साथै पढाईमा केन्द्रित गर्न कलेजले कुनै कुरामा सम्झौता नगरेको प्रिन्सिपल किशोर अधिकारीले बताए । सक्षम व्यवस्थापन, विद्यालयमैत्री वातावरण र अब्बल शिक्षकका कारण विद्यालयले विद्यालय तहदेखि कलेज तहसम्मै प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउनुले शिक्षामा ब्राइट फ्युचर स्कूल एण्ड कलेजको योगदान बढ्दै गएको छ  ।


सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: