महादेव आधारभूत विद्यालयका छात्रछात्रालाई छिरी शेर्पाले वितरण गरे ट्रयाकसुट

दर्पण दैनिक ७ चैत्र २०७९,१४:३२
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिका पाँच छिरिङखर्कमा रहेको श्री महादेव आधारभूत विद्यालयका छात्रछात्राहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । उक्त ट्र्याकसुट छिरी शेर्पाले किनेर वितरण गरेका हुन् । 

त्यस्तै शेर्पाले भलिबल, नेट, फूटबल, ब्याटमिन्टन लगायतका सामाग्री पनि महादेव आधारभूत विद्यालयलाई हस्तान्तरण गरे । आगामी शैक्षिकसत्रमा विद्यार्थीहरुलाई जुत्ता र झोला  दिने शेर्पाले बताए । 

छिरिङखर्क निवासी छिरी शेर्पाले अन्य ठाउँका विद्यालयमा पनि सहयोग गर्दै आएका छन । केही समयअगाडि खेम्बु साङ्गे शेर्पाको अगुवाइमा महादेव आविलाई शैक्षिक सामाग्री (स्टेसनरी) प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: