विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारे कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

दर्पण दैनिक ३ आश्विन २०८०,१४:३५
post

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्कुल विद्यालय गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।

त्यसका लागि काठमाडौँ महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ ।  महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने बताए । 

महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो । 

यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी दिएको थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: