महादेव आविको विव्यस अध्यक्षमा नवराज विश्वकर्मा चयन

दर्पण दैनिक २६ माघ २०७९,२१:३५
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर ५ छिरिङखर्कमा अवस्थित श्री महादेव आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः नवराज विश्वकर्मा चयन भएका छन् । विश्वकर्मा निवर्तमान विव्यस र अभिभावकहरुको बैठकबाट सर्वसहमतिले चयन भएका हुन् । 


त्यस्तै विव्यसको सदस्यहरुमा कल्पना थामी, सन्तबहादुर थामी बिरबहादुर थामी, ल्हकु शेर्पा (जग्गादाता), बिरमाया तामाङ र पूजा तामाङ  चयन भएका छन् । 


नवराज विश्वकर्माले दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएलगत्तै विद्यालयको सर्वाङ्गिन विकास गर्न आफू सदैव लाग्ने प्रतिबद्धता जाहेर गरे । त्यस्तै अध्यक्ष विश्वकर्माले विगतका दिनको अनुभवबाट सिक्दै अधुरा कामहरु पुरा गर्ने विश्वास दिलाए ।

त्यस्तै प्रअ सोममाया तामाङले अभिभावक, शिक्षक, विद्यार्थी तथा सबैको साथ सहयोग मिले महादेव आधारभूत विद्यालय वडाकै नमुना बनाउन सकिने बताइन् ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: