काठमाडौं महानगरमा कलेजले लिने शुल्कमाथि नियमन

दर्पण दैनिक ११ असार २०८०,१५:५७
post

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ । महानगरपालिकाले शुल्कमाथि नियमन गर्दै २०८०/०८१ का लागि कक्षा ११ मा के कति शुल्क लिने हो ? त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले २०८० मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? त्यस्तो प्रस्ताव पेश गर्न भनिएको बताए ।

काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव पेश गर्नुपर्नेछ । असार मसान्तभित्र शिक्षा विभागमा प्रस्ताव पेश गर्नुपर्ने शिक्षा अधिकारी कोइरालाले बताए ।

अहिलेसम्म विद्यालयहरूले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिँदै आएका थिए । प्लस टु मा शुल्क निकै महँगो भएको गुनासो आएपछि नियमन गर्न लागिएको शिक्षा अधिकारी कोइरालाको भनाई छ ।

हरेक विद्यालयले प्रत्येक वर्ष शुल्क विवरण महानगरमा पेश गर्नुपर्ने हुन्छ । तर, कतिपय विद्यालयहरूले शुल्क विवरण पेश नगरेको पाइएपछि महानगरले समयसीमा तोकेर प्रस्ताव माग गरेको हो । उनीहरूले पेश गरेको प्रस्तावको आधारमा शुल्क निर्धारण गरिने उनको भनाई छ ।

यसअघि संस्थागत विद्यालयहरूको हकमा माध्यमिक विद्यालय तहका लागि शुल्क प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । तर, यो वर्ष शुल्क समायोजन गर्नुपर्ने आधार नदेखिएको भन्दै महानगरले कुनै पनि विद्यालयको शुल्क समायोजन गरेको थिएन । गत वर्ष निधारण गरिएकै शुल्कको आधारमा विद्यालयहरूको शुल्क यथावत् राखिएको थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: