अब घरमै ट्रान्सक्रिप्ट, घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुँदै

दर्पण दैनिक २९ पुष २०८०,०९:०४
post

काठमाडाैं । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार हुने भएको छ । अब पनिकाका अधिकांश सेवा अनलाइन प्रणालीबाट प्रवाह हुने भएकाले विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो । 


पनिकाले आगामी माघको पहिलो सातादेखि यस्तो प्रणालीको सुरुवात गर्दै छ । यसका लागि पनिकाले आइतबार विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा अनलाइन प्रणालीको डेमो (नमुना प्रदर्शन) गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, “अनलाइन प्रणाली लागु भएपछि विद्यार्थी पनिकामा धाइरहनु पर्दैन । शुल्क तिर्न बैङ्कमा लाम पनि बस्नु पर्दैन । विद्यार्थीले घरैबाट कागजात पेस गर्न सक्ने छन् । शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने छन् ।”

अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउनलगायत कामका लागि भौतिक रूपमा उपस्थित हुनु पर्दैन । पनिकाले अनलाइनबाट सेवा प्रदान गर्न दुई वर्षअघि नै तयारी गरेको भए पनि सूचना प्रविधिका दक्ष जनशक्ति अभाव भएकाले यो काम रोकिएको थियो । गोरखापत्रमा खबर छ ।  

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: