सुर्खेत । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको आयोजनामा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ८ मेहेलकुनामा 'नि:शुल्क स्वास्थ्य शिविर' कार्यक्रम सम्पन्न गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहयोगमा १ दिने 'नि:शुल्क स्वास्थ्य शिविर' सञ्चालन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारीढकालले गरेकी थिइन्, भने प्रुमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य बलिमाया बुढा र विशेष अतिथिमा गुर्भाकोट नगरपालिकाकी उप-प्रमुख मैना बिक र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकाल थिए ।
स्त्रीरोग, नाक, कान घाँटी, हाड जोर्नि, जनरल फिजिसियन तथा दाँत समेतको समस्याहरूको चेकजाँच गरिएको उक्त शिविरमा ७९६ जना स्थानीय नागरिकले सेवा प्राप्त गरेका थिए ।