विश्व मिर्गौला दिवसको अवसरमा केपी ओलीकाे पाेष्ट- सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ

दर्पण दैनिक १ चैत्र २०८०,०७:२३
post

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्ने बताएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा आज उनले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको बताएका हुन् ।  

मिर्गौला दिवससँग भावनात्मक अनुभूति भएको बताउँदै उनले आफूले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको जानकारी गराए । ‘आज विश्व मिर्गौला दिवस। मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ । किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । उनले भने,‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो ।’

ओलीले डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो रहेको बताए। डाइलासिस्  अल्पकालीन रोकथाम मात्र भएको भन्दै उनले मिर्गौला जोगाउन आफैं सजग हुन सुझाव दिए । ‘डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं।’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो। स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ।’

विश्व मिर्गौला दिवस प्रत्येक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको मूल नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’भन्ने रहेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: