सरकारी अस्पतालमा लामो लाइन बस्ने अवस्था हटाउन टोली गठन भइसक्यो : स्वास्थ्यमन्त्री यादव

दर्पण दैनिक ११ असार २०८१,१५:३१
post

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले लामो समय लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भई काम सुरु गरिएको जानकारी दिए ।

हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको मन्त्री यादवले बताए । उनले उपत्यकाका ठुला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको बताए ।

‘हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको छ, बाँकी लागु गर्ने क्रममा छौँ । केन्द्रिय अस्पतालमा स्वास्थ्य सेवाको लागि लामो समय कुर्नपर्ने अवस्था हटाउनको लागि मैले मन्त्रालय सम्हालेको सुरुदेखि नै प्राथमिकतामा राखेको छु,' मन्त्री यादवले भने, 'यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइसकेको र अध्ययन प्रारम्भ गरिसकेको जानकारी गराउँछु । उपत्यकाका ठूला अस्पतालहरुमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागु गर्ने लगायतका कार्यक्रम अघि बढाइएको छ ।’

मन्त्री यादवले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको पनि जानकारी गराए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: