
बडादसैँको अवसरमा काठमाडौँ उपत्यकामा सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । दशैँको समयमा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले नागरिकहरूलाई सास्ती नहोस् भन्ने उद्देश्यले २ वटा बसमार्फत निःशुल्क सेवा प्रदान गरिएको हो ।
सशस्त्र प्रहरी बलका अनुसार यो निःशुल्क बस सेवा आजदेखि लगातार ३ दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।
यस्ता छन् सञ्चालन हुने रुटहरू:
रुट १ : हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट छुट्ने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै पुनः प्रधान कार्यालयसम्मको रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।
रुट २ : प्रधान कार्यालयबाटै छुट्ने दोस्रो बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुहरूलाई सेवा दिनेछ ।
दशैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज र सुरक्षित यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि निरन्तर निःशुल्क बस सेवा सञ्चालन गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिए ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































-1787461102.jpg)





.jpeg)






.jpeg)






































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)
































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google