काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष रोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा भएको छ । केसी दुई महिना नपुग्दै ब्युरोबाट सरुवा भएका हुन् ।
डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो । तर सरकार परिवर्तन भएसँगै पहिलो निशानामा केसी परेका छन् । केसी नक्कली भुटानी शरणार्थीको फाइल अगाडि बढाउने अधिकृत हुन् । उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाइएको थियो ।
पछिल्लोपल्ट बेचन झालाई पनि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विदेश रहेका बेला भारतबाट ल्याइएको थियो । भारतीय प्रहरीले बेचन र प्रतीक थापालाई पक्राउ गरेर विशेष ब्युरोसँग समन्वय गरी नेपाल पठाएको थियो ।
धेरै भीआईपीको संलग्नताबारे सूचनाका लागि महत्त्वपूर्ण ठानिएका बेचनमाथिको अनुसन्धान विचाराधीन नै छ । प्रतीक भने अघिल्लै मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । बेचनको अनुसन्धान नसकिँदै उनलाई केसीलाई ब्युरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
त्यहाँ कार्यरत केसीकै ब्याची राजन अधिकारीलाई विशेष ब्युरोमा ल्याइएको छ । पछिल्लो समय केसीको प्रहरी महानिरीक्षक कुँवरसँग पनि सम्बन्ध बिग्रिएको थियो ।
यस्तै सरकारले सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेलाई पनि सरुवा गर्ने तयारी गरिरहेको छ । सीआईबी प्रमुखलाई तत्काल हटाउने तयारी भइरहे पनि काठमाडौं प्रमुख रजौरेलाई भने बेचनको अनुसन्धान सकिएपछि मात्रै सरुवा गर्ने तयारीमा गृह मन्त्रालय छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google