डिआइजी बढुवाविरुद्ध उजुरी

दर्पण दैनिक ६ बैशाख २०८०,०७:०८
post

काठमाडौं । नेपाल प्रहरीको डिआइजी बढुवा विवादमा परेको छ । बढुवामा अन्याय भएको भन्दै दुई एसएसपीले उजुरी सुन्ने समितिमा उजुरी दिएका छन् ।

चक्रबहादुर सिंह र अनुराग द्वीवेदीले उजुरी दिएका हुन् । मंगलबारसम्म उजुरी दिने समय थियो । उजुरी उपर बुधबारभित्र टुंगो नलागे सिफारिस भएका विकासराज खनालले बिहीबारदेखि अवकाश पाउनेछन् । जसकारण उजुरीको बुधबार नै किनारा लगाउन आइजिपी बसन्तबहादुर कुँवर मंगलबार दिनभर गृह मन्त्रालयमा छलफलमा सक्रिय थिए ।

बढुवा समितिले कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहेरा, रबिन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द, यज्ञ बिनोद पोखरेल र विकासराज खनाललाई सिफारिस गरेको थियो । बढुवाप्रति एसएसपी सिंहले फेसबुकमै असन्तुष्टि जनाएका थिए । बढुवा नहुँदा उनले आगामी साता अवकाश पाउनेछन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७